दुधकोशी पारि फोरजी सेवा

  हिमाल समाचार  1096 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको सोताङमा निर्माण गरिएको टावरबाट फोरजी सेवा सुरु गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा निर्माण भईरहेका फोरलेग टावर मध्ये सोताङमा निर्माण गरिएको टावरबाट दुधकोशी पारिमै पहिलो पटक नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको हो ।

सो सेवाबाट सोताङ, माप्यदुधकोशी र थुलुङ दुधकोशीका नागरिक लाभान्वित हुनेछन् ।

विद्यालयमा ईन्टरनेटको माध्यमबाट अब सजिलै विश्वका घट्नाक्रम थाहा पाउन सकिने वाकुका जिवन राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार