सांगीतिक कार्यक्रमको अन्तिम तयारी

  हिमाल समाचार  595 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ स्थित दुधकुण्ड हिमालय आधारभुत विद्यालय फाप्लुमा हुने बृहत सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

‘शैक्षिक उन्नयनका लागि विद्यालय व्यवस्थापन’ भन्ने नाराका साथ शानिबार हुने बृहत सांगीतिक कार्यक्रमको तयारी पुरा भएको विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

विद्यालय अन्तरगतको नुम्बुर हिमाल बाल क्लबको आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय कलाकार दाउथ राई, विनोद खम्बु, दीपा लामा, एलिना राई, हाँस्यकलाकार सुबोध गौतम, पावल राई र स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।

संकलित रकमले विद्यालयको शैक्षिक व्यवस्थापन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक होमकुमारी खतिवडाले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार