त्यस्तै पहिलो डोज खोप लगाएका व्यक्तिमा ३ महिनासम्म कोरोना संक्रमण सर्ने सम्भावना ६७ % कम हुन्छ भने ३ महिनामा दोस्रो मात्रा लगाउँदा संक्रमण नसर्ने सम्भावना ८२.४ % हुन्छ | पहिलो खोप लगाएको २२ दिनपछि संक्रमण भएमा संक्रमित व्यक्ति गम्भीर हुने तथा अस्पताल भर्ना हुनुपर्ने सम्भावना कम हुन्छ |
त्यस्तै ३ हप्तापहिले दोस्रो मात्रा लगाएमा त्यसको ४ हप्तापछि तेस्रो मात्रा लगाउनुपर्ने अर्को अध्ययनले देखाएको छ | धेरै अध्ययनको निचोड छ कि कोभिशिल्ड खोपको दोस्रो मात्रा ४ हप्तादेखि १२ हप्तासम्म लगाउनु उपयुक्त हुन्छ |
कतिपय अध्येताले खोपको अभाव भएको हुँदा दोस्रो मात्राको अबधि बढाउन खोजेको तथा ३/३ महिनामा खोप लगाउनुपर्ने अवस्था सिर्जना गर्न खोजेको बताएका छन् |