सगरमाथा राष्ट्रिय निकुन्जमा अनुमतिबिना हेली अवतरण गर्न नपाइने

  हिमाल समाचार  544 पटक हेरिएको

सोलुखुम्बु- सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमती विना निकुञ्ज क्षेत्रमा हेलीकप्टर अवतरणमा रोक लगाईएको छ ।

अनुमति बिना नै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलीकप्टर अवरण गरेको पाईएपछि सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययको संयोजकत्वमा बसेको जिल्ला स्तरीय बन्यजन्तु अपराध नियन्त्रण ईकाईको बैठकले यस्तो निर्णय गरेको हो ।

गत पुषमा भारतिय जी न्युज च्यानलका प्रधान सम्पादक सुधिर चौधरी सहितको टोली सिम्रिक एयरको हेली मार्फत अनाधिकृत रुपमा निकुञ्ज क्षेत्रमा गई भिडियो छायाङकन गरेपछि निकुञ्जले यसलाई गम्भिर रुपमा लिएको प्रमुख संरक्षण अधिकृत उपाध्ययले बताए ।

अधिकार प्राप्त अधिकारीबाट अनुमति नलिई तथा राजस्व नतिरि उनी त्यहाँ गएकाले यस्ता घट्ना दोहोरिन नदिनका लागि कडाई गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्रमा पर्ने लुक्ला र स्याङबोचे स्थित विमानस्थल नाम्चे स्थित हेली प्याड रहेकाले अन्यत्र स्थानमा हेली अवतरणमा रोक लगाईएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार