यी हुन् संसारकै धनी व्यक्ति

  हिमाल समाचार
119 Shares

अमेरिका – अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा सीईओ जेफ बेजोस पुनः संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

मंगलवार बेजोसले विधुतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई उछिनेर पुनः सो स्थानमा पुगेका हुन् ।

मंगलवार टेस्लाको शेयरमूल्य २ दशमलव ४ प्रतिशतभन्दा धेरैले घटेसँगै मस्कको नेटवर्थ ३ अर्ब ९० करोड डलरले घटेको थियो । टेस्लाको शेयर मूल्यमा भएको वृद्धि र तलबका कारण मस्कले जनवरीमा बेजोसलाई उछिनेर संसारकै धनी व्यक्ति बनेका थिए ।

ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सअनुसार बुधवार जेफ बेजोसको नेटवर्थ १ खर्ब ९१ अर्ब डलर छ भने मस्कको नेटवर्थ १ खर्ब ९० अर्ब डलर रहेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार