विष्णु खत्रीको नयाँ गीत (भिडियो)

  हिमाल समाचार
273 Shares

विष्णु खत्री, सृजना र गायनका संगम हुन् । उनै खत्रीले नयाँ गीत ‘अधेँरीमा उज्यालो टुकी’बजारमा ल्याएका छन् ।

आफ्नै सृजनामा तयार पारिएको गीतमा खत्रीले गायिका मिना लामासंग स्वर भरेका छन् । यसअघि मिनाले ‘झरनाको पानी’ बोलको दोहोरी गीतमा खत्रीसंग सहकार्य गरेका थिइन् ।

कोरोना कहरका बिचमा १० महिना जन्मथलो बाग्लुङ बसेर फर्केका खत्रीले काठमाण्डौ फर्केपछि ‘अधेँरीमा उज्यालो टुकी’बजारमा ल्याएका हुन् । उद्यपी, गाउँ छँदा पनि उनले गीतलाई बजारमा पठाउन भने छाडेका थिएनन् । गाउँबाटै उनले ‘रिनै रिनको’, ‘लाहुरे बाको आँगनीमा’, ‘मायाको वस्ती’ र ‘सुनीमाया’बजारमा ल्याएका थिए ।

होम गुरुङको निर्देशनमा तयार भएको गीतको भिडियोमा लोमस शर्मा र रुविना अधिकारी नाचेका छन् । दुर्गा पौडेलले क्यामरा चलाएका छन् भने नविन घर्ति मगरले सम्पादन गरेका छन् ।

सर्जक तथा गायक खत्रीले ‘अस्पताल’को तयारी गरेका छन् । जुन गीत बहुप्रतिक्षित मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार