मोफसलबाट राजनको सक्रियता, ल्याए ‘पान सुपारी’ (भिडियो)

राजन कार्की लोक संगीतमा परिचित नाम हो । मोफसलबाट गीतसंगीतमा सक्रिय उनै कार्कीको दोहोरी गीत ‘पान सुपारी खाम्ला कुटुक्क’सार्वजनिक गरिएको छ ।

राजन कार्की र शर्मिला तामाङको स्वरमा रेकर्ड भएको गीत गायिका तामाङले लेखेकी हुन् भने भाका गायक कार्कीले बनाएका हुन् ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा लोमस शर्मा र उर्मिला तामाङको रोमान्स देखाइएको छ ।

बालप्रतिभा सचिन परियार र अग्रता कार्कीलाई आकर्षक तवरले प्रस्तुत गराइएको छ । नवराज उप्रेतीले खिचेको भिडियोमा विष्णु शर्माको सम्पादन रहेको छ ।

माया प्रेममै आधारित दोहोरीलाई राजन कार्कीकै व्यक्तिगत च्यानलबाट उपलोड गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार