कोरोनाविरुद्धको १० लाख डोज खोप आइपुग्यो

  हिमाल समाचार
119 Shares

काठमाडौं- भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ ।भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादिन ‘कोभिशिल्ड’ खोप ल्याइएको हो ।

नेपाल सरकारले २० लाख डोज खोप खरिदका लागि यही फागुन ५ गते गरेको सम्झौताअनुसार आज १० लाख डोज खोप ल्याइएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकी १० लाख डोज पनि छिट्टै लाइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख डोज ल्याउन हो ।

उक्त खोप हाललाई टेकुस्थित ‘कोल्डरुम’मा भण्डारण गरिएको छ । खोप समुदायस्तरमा यही फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियान अन्तर्गत पहिलो चरणमा ६० वर्ष उमेर भन्दा माथिका व्यक्तिलाई दिइने छ । मन्त्रालयले उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने जनाएको छ ।

यसअघि भारतले नेपाललाई १० लाख र चीनले ५ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।

यसअघि फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मी, पत्रकार, राजदूतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार