बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर,१४४ जनाले लिए सेवा

  हिमाल समाचार
35 Shares

खोटाङ- केपिलासगढी गाउँपालिकाको बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएकोे हो । विशेषज्ञ डाक्टर सहितको शिविरमा शनिबार १४४ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले जानकारी दिए ।

शिविरमा आँखाको शल्यक्रिया गर्नुपर्ने ७ जना बिरामीको पहिचान भएको कार्यक्रम संयोजक राईले बताए । स्वास्थ्य शिविर गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले उद्घाटन गरेका थिए ।

दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत बाक्सिलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

स्वास्थ्य शिबिरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार