ह्वाईटहिल्स ईङलिस बोर्डिङलाई बाध्यवादन सामाग्री

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निजि क्षेत्रमा लामो समयदेखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको ह्वाईटहिल्स ईङलिस बोर्डिङ स्कुललाई बाध्यवादनका सामाग्री प्राप्त भएको छ ।

दार्जेलिङका नेपाली भाषी चर्चित युवा गायक विपुल क्षेत्रीको विद्यालयका विद्यार्थीले गित गाएका थिए । उक्त गित विद्यार्थीले गाएपछि भाईरल बन्यो । आफ्नो गित भाईरल बनेपछि उनले विद्यालयका विद्यार्थीका लागि २ थान गितार र २ थान क्याजेन पठाएका छन् ।

गायक क्षेत्रीले पठाएको विद्यालयका अध्यक्ष कर्मा शेर्पाले विद्यार्थीलाई हस्तान्तरण गरेका छन् । संगित कक्षाको रुपमा विकास गर्नेका लागि अवधारणा समेत अघि सारिएको बताउँदै उनले गायक विपुल क्षेत्रीलाई धन्यवाद दिए ।

https://www.facebook.com/pasang.gelzeen.52/posts/220751406440675

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार