प्रेमिल जोडीको वियोगान्त कथा ‘रुमाल धुनु प¥यो’ (भिडियो)

  हिमाल समाचार
161 Shares

काठमाण्डौँ – मोडल विरही बस्याल र जुना गुरुङ धरधरी रोएको भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल जोडीको वियोगान्त कथा तयार पारिएको गीत ‘रुमाल धुनु प¥यो’मा विरही र जुना धरधरी रोएका छन् ।

‘तिमिलाई हसाँउदा आफैँ रुन प¥यो’भन्दै उनीहरु एक अर्कामा दोषारोपणमा उत्रिएको र विगतलाई सम्झेर भक्कानिएको दृष्य मुटु विझाउने छ ।

नेत्र अर्यालको गीत र खेम सेन्चुरीको संगीतमा तयार भएको गीतमा खेमले शान्ति श्री परियारसंग स्वर सहकार्य गरेका छन् ।

मार्मिक तर सुमधुर बनेर बजारमा पठाइएको गीतको भिडियो निर्देशन विनोद भण्डारीले गरेका छन् ।

जन्मदिन पारेर विरही बस्यालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको क्लिप यसअघि नै टिकटकमा रुचाईएको छ । मोडल बस्यालले भने, ‘नेत्र र खेमको सृजनाले बजनार लिइरहेको समयमा यो मार्मिक गीत पनि दर्शक स्रोताको रोजाईमा पर्ला भन्ने आशा छ ।’

तनहूँको घिरिङमा जन्मेका विरहीले गायन, संगीत संयोजन र अभिनयलाई एकैसाथ अघि बढाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार