नेपाली कांग्रेस सोलुखुम्बु–काठमाण्डौँ सम्पर्क समितिले नझुक्किन भन्दै गर्यो यस्तो अपिल

  हिमाल समाचार
658 Shares

सोलुखुम्बु- फागुन १५ गते काठमाण्डौँमा कुनैपनि कार्यक्रमको आयोजना नगरिएको नेपाली कांग्रेस सोलुखुम्बु–काठमाण्डौँ सम्पर्क समितिले अपिल गरेको छ ।

सामाजिक सञ्जालमा कांग्रेस सभापति शेर बहादुर देउवासहितका नेताहरुको उपस्थितीमा फागुन १५ गते बृहत कार्यकर्ता भेला गर्ने सूचना गरिएकाले त्यस्ता नक्कली सूचनाको भरमा नपर्न जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष मनोज खड्का, महासचिब रोशन थुलुङ र सचिव हरि प्रसाद कट्टेलद्धारा संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तीमा मनोज खड्का अध्यक्ष रहेको समितिनै आधिकारिक भएकोले समानान्तर समिति खडा गरेर संगठनलाई कमजोर बनाउने कोशिस गरिएको बताइएको छ ।

यद्यपी, अर्को पक्षले फागुन ८ गतेको सोलुखुम्बु–काठमाण्डौँ सम्पर्क समितिको वैठकले कांग्रेसका शिर्ष र प्रभावशाली नेताहरुको उपस्थितीमा बृहत कार्यकर्ता भेलाको आयोजना गरेकाले उपस्थितीका लागि सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार