म्यानमारका सेनाले अब फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नपाउने

काठमाडौं- सैन्य ‘कू’ का कारण विकसित घटनाक्रमका बीच फेसबुकले बर्मेली सेनामाथि प्रतिबन्ध लगाएको छ।

बर्माको सेनासँग जोडिएका सबै अकाउन्टमाथि फेसबुकले प्रतिबन्ध लगाएको हो। बर्माको सेनाले अब फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नपाउने भएको छ।

फेसबुकले एक ब्लग पोस्ट गर्दै सैन्य ‘कू’पछि भएका विरोध प्रदर्शन र हिंसा समेतका घटनालाई मध्यनजर गर्दै प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

फेसबुकले बर्माको सेनालाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न दिनु घातक हुने ठहरसमेत गरेको छ।

बर्माको सेनाले गत फेब्रुअरी १ मा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) को निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको थियो।

सेनाको यो कदमपछि शुरू भएको प्रदर्शन अहिले पनि जारी छ। सेनाले गत ८ नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ। पछिल्लो चुनावमा नेतृ आङ सान सुकीको पार्टीले बहुमत प्राप्त गरेको थियो।

-तस्विर दीटाइम्सयुके

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार