जिल्ला युवा समिति सोलुखुम्बुका अध्यक्षमा भक्त राई

सोलुखुम्बु– सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदका अध्यक्ष नियुक्त गरेको छ ।

मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षमा सोलुखुम्बुका लागि भक्त राई, खोटाङका लागि सन्तोष जोशी, ओखलढुगांका लागि सुधिर कार्की, उदयपुरका लागि खेगन्द्र पोख्रेल रहेका छन् ।

यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको हो ।

मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरु केपी ओली पक्षीय नेकपाका युवा र विद्यार्थी फाँटमा क्रियाशील नेताहरु हुन् । कतिपय अध्यक्ष दोहोरिएका छन् ।

राष्ट्रिय युवा परिषदको बोर्ड केही दिनअघि गठन भएको थियो । युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको परिषदले जनाएको छ ।

तस्विर: भक्त राईको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार