हलेसीमा दर्शनार्थी बढ्दै, १० दिनमा साढे ३ लाख भेटी संकलन

  हिमाल समाचार  243 पटक हेरिएको

खोटाङ- हलेसी महादेव मन्दिरमा दश दिनमा तीन लाख ६७ हजार वढी भेटी संकलन भएको छ ।

हलेसी महादेव शिव पार्वती थान, दान पेटिका, बसाह गुफा, गणेश मन्दिरमा गरी तीन लाख ६७ हजार २३५ रुपैयाँ भेटीसंकलन भएको हो ।

२२ माघदेखी १ फागुनसम्म उक्त भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी दिए । राईका अनुसार शिव पार्वती थानमा दुई लाख ३९ हजार ५७५ रुपैयाँ, मन्दिरको प्राङगणमा रहेको दानपेटिकामा ४२ हजार ४६०, बसाह गुफाको दानपेटिकामा ४७ हजार ८ सय, गणेश मन्दिरमा २८ हजार २२० रुपैयाँ र भारतीय ढ्याके नेपाली साटेको ९ हजार १८० रुपैयाँ भेटी संकलन भएको छ ।

अमेरिकन डलर १, भारतीय रुपैयाँ ९२० र ५.५ ग्राम चाँदि श्रद्धालु भक्तजनले चढाएका छन् ।

मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यन्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार