दिक्तेलबजारभित्रको सडक ढलान हुदै, ५ करोड वजेटको व्यवस्था

खोटाङ-सदरमुकाम दिक्तेलबजारभित्रको बाँकी सडक ढलानका लागि वजेट जुटेको छ ।

जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको कच्ची सडक ढलानका लागि शहरी विकास मन्त्रालयबाट वजेट जुटेको हो । आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालयबाट शहरी विकास मन्त्रालयमा विनियोजित वजेट मध्ये खर्च हुन नसक्ने रकमवाट व्यवस्थापन गर्नेगरी उक्त योजनालाई ५ करोड वजेटको व्यवस्था गरिएको अर्थ मन्त्रालयका शाखा अधिकृत अम्बिका प्रसाद भट्टराईले जानकारी दिए ।

वजेट जुटसँगै यसैवर्षभित्र बाँकी सडक ढलानको काम सम्पन्न गरिने दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । नगरप्रमुख रिजालका अनुसार सिंचाई गेटदेखी नेपाल दुरसञ्चार शाखा कार्यालय अगाडीसम्मको सडक ढलान गरिनेछ । त्यहाँबाट हाँटडाँडासम्म कालोपत्रेको काम भइरहेको अस्पतालचोक हुंदै खानीडाँडा आहाले जाने सडकले समेट्नेछ ।

यसअघि शहरी विकास मन्त्रालयको ३ करोड ३९ लाख १० हजार वजेटबाट रत्नपार्क जिरोप्वाइन्टदेखी सिंचाई गेटसम्म, प्रदेश सरकारको ५८ लाख वजेटबाट पूरानो बैंकचोकबाट–झिसेपु जाने सडक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ करोड ३ लाख वजेटबाट मालपोत कार्यालयदेखी त्रिवेणीचोकसम्म आरसीसी ढलान भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार