चण्डेश्वरी विमान स्थलमा नियमित उडान हुन सकेन

ओखलढुङ्गा- कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ओखलढुङ्गाकोे चण्डेश्वरी विमान स्थलको नियमित उडान हुन सकेको छैन । ।

बिमानस्थलमा २०७६ साल पुस ७ गते परिक्षण उडान सफल भएको थियो । सो अनुसार २०७७ कोे बैसाखबाट नियमित उडान गर्ने योजना भएपनि कोरोनाका कारण प्रभावित बनेकोे खिजिदेम्बा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिए ।

उनका अनुसार विमास्थलको स्तरोउन्नती गरि बैसाख महिना देखि उडान भर्नको लागि सम्झौता भए पनि भाइरसका कारण स्थगित भएको बताए । सर्भे भएको करिव ५२ बर्ष पछि काम सम्पन्न गरि २०७६ सालमा परिक्षण उडान गरिएको थियो ।

त्यहाका स्थानिय नागरिकले निःशुल्क जग्गा उपलब्ध गराई ३ सय ७० रोपनी जग्गामा ५ सय ८० मिटर लम्बाइ र ४० मिटर चौडाई रहेको विमान स्थलको निमार्ण कार्य २०७६ सालमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार