गायक बाल कुमार भन्छन्, ‘भाइरलका पगरी गुथेकाहरुको अल्प–आयु’ (भिडियो)

काठमाण्डौँ – लोक दोहोरी गायक बाल कुमार श्रेष्ठले भाइरलको पगरी गुथेकाहरुको अल्प–आयू हुने बताए ।

हिमाल एफ.एम.को प्रस्तुति ‘शिखर भेट’मा कुरा गर्दै गायक श्रेष्ठले साधनाबाट आएकालाई भाइरलले पछि पारेको देखिएपनि भाइरल कन्टेनको आयू छाटो हुने बताएका हुन् ।

उनले भने, ‘भाईरल बनेका सबैमा आ–आफ्नो कला छ तर त्यो धेरै दिन नटिककेका दर्जनौ उदाहरण हामीसंग छन् । त्यसकारण पनि आयू छोटो हुन्छ भनेको हूँ ।’साधनाबाट आएका व्यक्ति दिगो बन्न सक्ने उनले बताए ।

ओखलढुंगामा जन्मेका श्रेष्ठ दोहोरी साँझमा काम गर्छन् । उनको पछिल्लो गीत ‘नाम्चे बजार’डिजिटल बजारमा छ । उनी अहिले ई–नेपाल रोधी संचालनको अन्तिम तयारीमा जुटेका छन् ।

दोहोरी साँझ दोहोरी गायक गायिकाको लागि विद्यालय बताउने श्रेष्ठले दोहारी साँझकै कमाइबाट जीवन चलाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार