बद्रिले कस्लाई भने ‘विर्सियौ’ (भिडियो)

काठमाण्डौँ – बद्रि पंगेनी सदाबहार लोक दोहोरी गायक हुन् । जस्ले दोहोरी गीत ‘तानसेन खस्यौली’ देखि कहिल्यै विश्राम लिएनन् ।

कुनै न कुनै हिसावले सक्रिय रहिरहे । कहिले प्रेमिल गीत गाए त, कहिले जनताको पिडा समाबेश गीत गाइरहे । उनै पंगेनीले दोहोरी गीत ‘विर्सियौ’बजारमा ल्याएका छन् ।

पंगेनीकै सृजनामा तयार भएका गीतमा मोर्डन प्याटनलाई आत्मसाथ गरिएको छ । गायनमा मिलन नेवारको साथ लिएका छन् ।

सुनिल क्षेत्रीले निर्देशन गरेको गीतमा सुनिलले प्रिया अधिकारीसंग स्कृन शेयर गरेका छन् ।

यसअघि ‘तिम्रो घरमा मेरी छोरी’बोलको जातीय समानताका लागि गाएको गीतबाट निर्देशनमा होमिएका बद्रिले आफ्नै नामको यूटुव च्यानलबाट पछिल्ला सृजना सार्वजनिक गर्दै आएका छन् ।
एक नारायण भण्डारी, भगवान भण्डारी लगायतका सर्जकको सृजना गाउदै आएका पंगेनी पछिल्लो समय सृजनामा पनि सक्रिय देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार