संसद अधिवेशन आब्हान गर्लान ओलीले ?

काठमाडौं- सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को डाकिएको जनाइएको छ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने विषयमा केही टुंगो लागेको छैन। त्यसो त, संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउन सजिलो हुने गरी अध्यादेश ल्याउन सक्ने आकँलन पनि गरिएको छ ।

सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार