‘कोलगेट नेपाल स्पेल बि’ को होस्ट भुषण दाहाल

काठमाडौँ– शब्दावली सम्बन्धी कार्यक्रम ‘कोलगेट नेपाल स्पेल बि’ को चौथो सँकरण फागुन १६ बाट शुरु हुने भएको छ।

अंग्रेजी शब्दको ‘स्पेलिङ’ (हिज्जे) उच्चारण सम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीहरुको शब्दावली बढाउनेसँग सम्बन्धित रहेको छ।

राष्ट्रिय टेलिभिजन च्यानलबाट सात महिना प्रशारण हुने यो कार्यक्रमलाई सञ्चारकर्मी भूषण दाहालले सञ्चालन गर्नेछन्।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न २५ शहरबाट अडिशनमार्फत छनौट गरिसकिएको छ। इलाम, विर्तामोड, दमक, चितवन, पोखरा, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानबाट सहभागी रहेका छन्।

माध्यमिक तहदेखि प्लस टु सम्मका विद्यार्थीहरु कार्यक्रममा सहभागी रहेका आयोजकले बताएकाे छ।

नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो। प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ।

-देश संचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार