नेकपाको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन्।

प्रधानमन्त्रीओलीले गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् ।

खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति निर्वाचित भएका थिए ।

विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ ।

ओली नेकपाको संसदीय दलका नेता हुन भने नेकपाको संसदीय दलको उपनेतामा सुवाश नेम्वाङ रहेका छन।

यसअघि ओली समूहले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका नेकपाका नेता प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार