सरकारको नेतृत्व परिवर्तन नहुने शेरधन राईको भनाई

ओखलढुंगा- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । ओखलढुंगाको रुम्जाटारमा यातायात व्यवस्था कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने दावी गरेका छन् ।

अदालतले संसद ब्युताउने फैसला गरेपनि नेकपाको एउटा समूह बाहेक अन्य दलको साथ लिएर वर्तमान प्रधानमन्त्रीले नै सरकारको नेतृत्वलाई निरन्तरता दिने बताए ।

उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकार विरोधी समूहलाई सहयोग पुगेको बताए ।

मुलुकको नेतृत्व गरेको बहुमत प्राप्त प्रधानमन्त्रीले अराकतालाई परास्त गर्न संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेको भएपनि अदालतले त्यो निर्णय उल्टाएर अराजकलाई प्रसय दिएको उनको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै दल भित्रको एउटा स्वार्थ समूहले असहयोग गरेका कारण ताजा जनादेशमा जाने सरकारले निर्णय गरेको बताउँदै मुख्यमन्त्री राईले अदालतको फैसलाले मुलुकलाई निकास नदिने दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार