ओखलढुगांको प्रमुख जिल्ला अधिकारीमा बन्दना राई आउँदै

काठमाडौँ- गृह मन्त्रालयले सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएको सूचीमा उल्लेख छ । ओखलढुगांका कृष्ण पौडेललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

गृहमन्त्रालयका बन्दना राईलाई प्रमुख जिल्ला अधिकारीको रुपमा ओखलढुगां पठाईएको छ । त्यसगरी उदयपुरका प्रजिअ चक्रपाणी पाण्डेलाई कपिलबस्तु सरुवा गरिएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईलाई उदयपुर सरुवा गरिएको गृहमन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार