१२ औँ खुम्बु लोसार कपको उपाधी आयोजककै पोल्टामा

  हिमाल समाचार
2.4k Shares

काठमाण्डौँ – काठमाण्डौँ स्थित सानो गौचरण खेलमैदानमा जारी खुम्बु लोसार कपको १२ औँ संकरणको उपाधी आयोजक टिमले जितेको छ ।

फागुन ८ देखि शुरु प्रतियोगीतामा नाम्चे यूवा समूहले उपाधी उचालेको हो । खुम्जुङ यूथ क्लबलाई पेनाल्टीमा ५–४ को गोल अन्तरले पराजय गर्दै आयोजक नाम्चे यूवा समूहको टिम विजयी बनेको हो ।

प्रतियोगीताका विजेता टिमले एक लाख पुरस्कार हात पारेको छ भने उपविजेता टिमले ५० हजारमा चित्त बुझाएको छ । प्रतियोगीतामा आमाडब्लम यूथ क्लब तृतीय भएको छ । उस्ले २५ हजार पुरस्कार हात पारेको छ ।

प्रतियोगीतामा खुम्बु पासाङल्हमू गाउँपालिका भित्रका ८ टिमले सहभागीता जनाएको नाम्चे यूवा समूहका सांस्कृतिक संयोजक छिमिकाल्देन शेर्पाले जानकारी दिए ।

हरेक बर्ष आयोजना हुने लोसार कपको १३ औँ संस्करण खुम्जुङ यूथ क्लबले आयोजना गर्नेछ ।

विजेता टिमले प्राप्त गरेको पुरस्कार मध्ये २५ हजार आगामी बर्षको आयोजकलाई हस्तान्तरण गर्ने परम्परा अनुसार १२ औँ संस्करणका विजेता नाम्चे यूवा समूहले शनिबार नै नगद हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार