नेचासल्यानका १७ विद्यार्थीलाई छात्राबृत्ति वितरण

  हिमाल समाचार
329 Shares

सोलुखुम्बु – हेल्पीङ ह्यण्ड्स फर नेपाल नर्वे संस्थाले सोलुखुम्बुको नेचासल्यान गाउँपाालिकाका १७ विद्यार्थीलाई छात्राबृत्ति वितरण गरेको छ ।

संस्थाले सगरमाथा आविका १०, , केदार माविका ४, हिमाल दर्शन माविका ३ जनालाई विद्यार्थीलाई प्रतिविद्यार्थी विद्यालय पोषाक ट्रयाकसुट, जुता, स्कुल ब्याग, गरि ७ बराबरको शैक्षिक सामाग्री सहित छात्राबृति प्रदान गरिएको हो ।

समगरमाथा अाविमा अायाेजित एक कार्यक्रममा हेल्पिङ ह्याण्डस फर नेपालकी महासचिव सरला कट्टेलकाे सहयोगमा समाजसेवी दिव्यराज कट्टेलले छात्रवृत्ति वितरण गरेकाे हुन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले दातृ निकायले शैक्षिक क्षेत्रमा गर्दै आएको सहयोगको प्रशंसा गरे । शैक्षिक विकासमा छात्रबृत्तिले टेवापुगेको उनले बताए ।

साथै फरक प्रसंगमा बोल्दै अध्यक्ष बास्तोलाले तत्कालीन नेचासल्यान गाउँपालिकाको भवनको जग्गा सहजिकरणका लागि प्रकाशनभएको सुचनाको बर्खिलाप गरि अनर्गल प्रचार गरि भ्रम छर्ने काम गरिएकाले आम जनतालाई भ्रममा नर्पन आग्रह गरे ।

गाउँपालिका उपाध्यक्ष कुमारी देवीशर्माले छात्रबृत्तिले विद्यार्थी र अभिभावकको मनोबल बढेको र शैक्षिक स्तरमा सुधार आउने अपेक्षा व्यक्त गरिन् ।

छात्राबृत्तिदाताका प्रतिनिधि कटेलले आफ्ने छोरीले अध्ययन गरेको विद्यालयमा छात्रबृत्ति प्रदान गरेको र आगामी दिनमा छात्रबृत्तिलाई निरन्तरता दिने बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष र हेल्पीङ ह्यण्ड्स फर नेपाल नर्वे संस्थाका प्रतिनिधि दिव्यराज कटेललाई सम्मान समेत गरिएको छ ।

सगरमाथा आविका पुर्व विद्यार्थी सिंहापुर प्रहरीमा कार्यरत सोभित राईले बाबु आमाको नाममा २० हजार बराबरको अक्षयकोष समेत स्थापना गरेका छन् ।

सगरमाथा आविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णकुमार राई, शिक्षा शाखाका प्राविधिक सहायक नारायण गोपाल ढकाल, हिमाल दर्शन माविका प्रअ अशोक कुमार शर्मा, कार्यापालिका सदस्य लगायतको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार