के हो पन्त र ओलीको वि’वाद ?

  हिमाल समाचार
119 Shares

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले लोकगायिका तथा राष्ट्रिय सभा सांसद कोमल वलीमाथि सार्वजनिक रुपमा ‘लैंगिक हिं’साजन्य’ टिप्पणी गरेका छन् । उनले हिजो एक कार्यक्रममा बोल्दै वलीले ‘सरक्क सारी सर्काएर पिं’डुला देखाएको भरमा’ संसद बनेको दा’वी गरे ।

पन्तले आफ्नो पार्टीमा सं’घर्ष गरेका महिलाहरुले अवसर नपाएको चर्चा गर्ने क्रममा वलीको प्रसंग निकालेका थिए । उनको भनाइ जस्ताको तस्तै-

‘…छन्, महिलाहरु अहिले केपीतिर पनि लागेका छन् । बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरु छन् । तर, तिनले टिकट पनि पाएनन् । राष्ट्रिय सभा पनि पाएनन् । केपी ओलीले यसो… केरे… कोमल वलीले यसो (सारी उचालेको हाउभाउसहित) सारी सरक्क सर्काएर गोडा, पिं’डुला देखाइदिएपछि संसद त तिनै भइन् ।’

पन्तको यस्तो अभि’व्यक्तिमा सहभागीहरु हाँसेको र ताली बजाएको समेत सुनिन्छ ।

पन्तको उक्त टिप्पणीमाथि कोमलले आपत्ति जनाएकी छन् । उनले एउटा ट्वीट गर्दै पन्तलाई नी’च व्यक्तिको सं’ज्ञा दिएकी छन् ।

वली लेख्छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति नी’च हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पन्तजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिं’डुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईंको जस्तो द’रिद्रसोचको शि’कार हुनुपर्छ ।’ Nepalpress

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार