रावाबेशी गाउँपालिकाको ७९ लाख भन्दा बढी वजेट रकमान्तर

  हिमाल समाचार
161 Shares

खोटाङ- रावाबेशी गाउँपालिकाले ७९ लाख भन्दा बढी वजेट रकमान्तर गरेको छ ।

आईतबार सम्पन्न हिउदे गाउँसभाबाट विभिन्न कार्यक्रमको वजेट रकमान्तर गरि वडालाई विनियोजन गरेको हो । कोरोना रोकथाम तथा व्यवस्थापन प्रकोप कोषमा रहेको ८० लाख मध्येबाट ३० लाख, विविध योजनाबाट १८ लाख १६ हजार २ सय २५ रुपैया, जनप्रतिनिधिहरुका लागि कानुनी तालिमबाट ३ लाख, साझेदारी कार्यक्रमबाट १३ लाख ५० हजार, बाकी रहेको समपुरक कार्यक्रमबाट १४ लाख ७४ हजार गरि जम्मा ७९ लाख ४० हजार २ सय २५ रुपैया वजेट रकमान्तर गरि गाउँपालिकाका ६ वटै वडाका विभिन्न योजनाका लागि वितियोजन गरिएको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, प्रमुख प्रशासकिय अधिकृत रेख बहादुर थापा, विभिन्न वडाका वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको सहकर्मी पे्रम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार