अख्तियार प्रमुख आयुक्त राईद्वारा पेन्सन सुविधा नलिने घोषणा

  हिमाल समाचार
182 Shares

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका छन् । संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियारका प्रमुख आयुक्त राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन् ।

आयुक्त राईले २०७७ साल फागुन देखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउन थालेकाले सोही महिना देखि नै सरकारबाट पाइरहेको पेन्सन सुुविधा नलिने स्पष्ट पारेका छन् । २०७७ साल २१ माघमा अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका उनी ३० वर्ष भन्दा बढी निजामती सेवामा काम गरिसकेका छन् ।

इमान्दार र स्वच्छ छवि राख्ने प्रशासकका रुपमा कहलिएका उनले पेन्सन सुविधा नलिने घोषणा गरे लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको जानकारी निवृत्तभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई गराएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार