माप्यदुधकोशी गाउँपालिकाका ७ सय उपभोक्ता अन्धकारमा

सोलखुुम्बु- माप्यदुधकोशी गाउँपालिकाका ७ सय उपभोक्ता अन्धकारमा बस्न बाध्य बनेका छन् ।

खरिखोला तेस्रो लघु जलविद्युत आयोजनाको विद्युत फागुन १४ गते देखि अबरुद्ध हुँदा उपभोक्ता अन्धकारमा बस्नु परेको स्थानिय प्रहर राईले बताए ।

७० किलोवाट आयोजनाको विद्युत अबरुद्ध भएको दुई हप्ता वितिसक्दा पनि मर्मत नहुँनु दुखद भएको भन्दै उनले माप्यदुधकोशी गाउँपालिका १, ६ र ७ का स्थानिय सुचना तथा सञ्चारबाट बञ्चित भएको बताए ।

यता, आयोजनाका प्रमुख रामकृष्ण मगरले चट्याङका कारण मेसिनमा खराबि आएकाले मर्मतका लागि काठमाण्डौ लगिएको बताए ।

यथासिघ्र विद्युत सेवा सूचारु गर्ने द्येयले मर्मतको काम भइरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार