ओखलढुंगा–पत्ताले–सल्लेरी–फाप्लु सडकखण्ड मर्मतको काम सुरु

  हिमाल समाचार
413 Shares

सोलुखुम्बु– सडक निर्माणको भएको वर्षौपछि ओखलढुंगा–पत्ताले–सल्लेरी–फाप्लु सडकखण्ड मर्मतको काम सुरु भएको छ । सडक जिर्ण बन्दै गएपनि मर्मतको काम हुन नसकेको विषयमा जनप्रतिनिधि तथा सञ्चारमाध्यमले ध्यानाकर्षण गराएपछि सडक डिभिजन कार्यलय हर्कपुरले सडक मर्मतको काम सुरु गरेको हो ।

ओखलढुंगा–पत्ताले, पत्ताले–बेलिडाँडा, बेलिडाँडा–सोलुखोला, सोलुखोला–फाप्लुमा विभिन्न चरणमा सडक डिभिजन कार्यालयले मर्मतको काम सुरु शुरु हो । अहिले ओखलढुंगा–पत्ताले र पत्ताले बेलिडाडा क्षेत्रमा सडक मर्मतको काम भईरहेको सडक डिभिजन कार्यालय ओखलढुंगाले जनाएको छ ।

फाप्लु सम्मको सडक ठाउँ ठाउँमा भत्किने, पिच उप्किने, पहिरोले छोप्ने, ड्रेन पुरीएर पानी सडकमा बग्ने गरेका कारण जिर्ण बन्दै गएपछि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले सडक डिभिजन र विभागका प्रतिनिधि सँग छलफल गरि चालु आर्थिक वर्षमै काम सक्न निर्देशन दिएका छन् ।

सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख अरुण कर्णले चालु आर्थिक वर्ष भित्र मर्मतको काम सक्ने गरि काम भईरहेको बताए । एसियाली विकास बैंकको ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत बजेट लगानीमा २०७४ सालमा पिच सम्पन्न गरिएको सडक जिर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम बढेको भन्दै सोलुखुम्बुका नागरिकले गुनासो गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार