प्रदेश नं १ मा १४ हजार ३०८ क्षयरोगी

  हिमाल समाचार
56 Shares

विराटनगर- प्रदेश नं १ मा १४ हजार ३०८ क्षयरोगी रहेको पाइएको छ । सेभ द चिल्ड्रेन, विराटनगरले आज यहाँ पत्रकार सम्मेलन गरी यस प्रदेशका झापा, इलाम, मोरङ, उदयपुर र सुनसरीमा क्षयरोगी उच्च रहेको जनाएको छ ।

यस प्रदेशमा ८१८ वटा क्षयरोग औषधि केन्द्र र ९६ जाँच केन्द्र रहेको सो संस्थाले जनाएको छ । एक अध्ययनअनुसार देशभर सरदर दैनिक ४७ जना सो रोग कारण मृत्यु हुने गरेको छ ।संस्थाका अधिकृत शैलेश भुजेलले गरिबी, पोषणयुक्त खानाको कमी, चेतनाको कमी, रोग लुकाउने बानीका कारण क्षयरोग कमी हुन नसकेको तर्क गरे ।

उनले एक जना क्षयरोगीले वर्षभरमा कम्तीमा १० जनालाई रोग सार्न सक्ने भन्दै ८० प्रतिशत फोक्सोको क्षयरोगी रहेको जानकारी दिए ।उपचार सहयोगीको निगरानीमा औषधि खानु अगावै ३३ प्रतिशत मात्र निको हुने दर थियो भने स्वाथ्यकर्मीको निगरानीमा क्षयारोगीले औषधि खाँदा ९० प्रतिशत निको हुने अवस्था देखिएको बताइएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार