सोलुमा स्टार युथ क्लब गठन

  हिमाल समाचार
448 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा स्टार युथ क्लब स्थापना गरिएको छ । सोलुखुम्बुु भित्र रहेका प्रतिभा उजागर, खेलकुदको विकास, कृषि लगायतका क्षेत्रमा का मगर्ने द्येयले स्टार युथ क्लबको घोषणा गरिएको अध्यक्ष नाम्गेल शेर्पाले बताए । अन्य संस्थाले समेट्न नसकेका कुराहरु यस क्लबले समेट्ने उनको भनाई छ ।

क्लबको सह–संयोजकमा माया शेर्पा, केन्द्रिय सदस्यमा गीता गुरुङ, सुन्दर तामाङ, गौरव राई, सुजता तामाङ र सरिता राई रहेका छन् । सोलुखुम्बुका आठ वटै स्थानिय तहमा संयोजक रहने गरि ५१ सदस्सीय समिति गठन गरिएको हो । प्रतिनिधि सभा सदस्य हेमकमार राई ‘सुरवीर’को संयोजकत्वमा ५ सदस्सीय सल्लाहकार समिति गठन गरिएको छ ।

क्लब स्थापना दिवसको अवसरमा बैसाख १५ गते देखि महिला तथा पुरुष भलिबल प्रतियोगीता संचालन गर्ने क्लबले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्धितियलाई १ लाख, तृतिय हुनेलाई ५० हजार र सान्त्वनालाई २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार