भलिबलको उपाधि जालिम विहानीलाई

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा जारी साविक वडा स्तरिय पुरुष भलिबलको उपाधि जालिम विहानी समाज भुलभुलेले हात पारेको छ ।

कोको मेन्दो तामाङ समाजको आयोजनामा तिन दिन देखि जारी भलिबल खेलमा साविक मुक्लि ६ द्धितिय, साविक देउसा ८ बुढिडाँडाँ तृतीय र भुर्मिसे एकता क्लब नेले सान्त्वना भएका छन् ।

खेलमा विजेतालाई गाउँपालिका अध्यक्ष असिम राईले १५ हजार, १० हजार, ५ हजार र ३ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको जालिम एकता विहानी समाजका अध्यक्ष चुडा केसीले जानकारी दिए ।

प्रतियोगीतामा दिपक किराँती उत्कृष्ट खेलाडी, किशोर राई उत्कृष्ट लिफ्टर र प्रभुराम राई उत्कृष्ट डिफेन्डर बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार