नेचासल्यानमा उन्नत जातको राँगा वितरण

  धन कुमार ढुंगेल
301 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले ५ वटा उन्नत जातको (मुर्रा क्रस)राँगा वितरण गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको राँगा वडागत रुपमा वितरण गरिएको हो ।

नश्ल सुधारका लागि कृषकहरुलाई सतप्रतिशत अनुदानमा राँगा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता धर्मध्वज खत्रीले जानकारी दिए । २ लाख ५० हजारमा लाहानबाट खरिद गरिएको राँगा हरेक वडाका एक–एक जना कृषकको जिम्मा लगाइएको छ ।

वडा नं १ का भेष बहादुर बस्नेत, वडा नं २ का चक्र जोगी, वडा नं ३ का चक्र प्रसाद कट्टेल, वडा नं ४ का प्रेम बहादुर राई र वडा नं ५ का कुसाङ राईलाई राँगा पालन र नश्ल सुधार सहजीकरणको लागि वितरण गरिएको पशु नायव प्राविधिक कुमार विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार