फेरि बढ्याे प्रदूषण

  हिमाल समाचार
91 Shares

काठमाडौं- वायु प्रदूषण फेरि बढेको छ । केही दिनअघि घातक अवस्थामा पुगेको प्रदूषणको मात्रा घटेर सामान्य अवस्थामा आएको थियो ।

सरकारले प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौँ उपत्यका फेरि प्रदूषित बनेको हो ।

दूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा मंगलबार बिहान साढे ८ बजेको मापनमा सबैभन्दा धेरै प्रदूषण धादिङको एयर क्वालिटी इन्डेक्स ३४४ छ ।तर काठमाडौँ उपत्यका भक्तपुर, रत्नपार्क, भैँसेपाटीलगायतको क्षेत्रको एक्यूआई २ सयभन्दा कम छ ।सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

यसआधारमा काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विज्ञहरूले सुझाव दिएका छन् । मौसमविद्का अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार