खोटाङमा फर्निचर उद्योगमा आ’गला’गी, ५० लाख बढीको क्षति

  हिमाल समाचार
56 Shares

खोटाङ- खोटाङमा फर्निचर उद्योगमा आ’गला’गी हुँदा ५० लाख रुपैयाँ बढीको क्षति भएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आ’गला’गीमा ५० लाख ८६ रुपैयाँ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत चुहिएर आ’गला’गी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए।

बिहान करिब साढे ४ बजेको समयमा सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर न’ष्ट भएको प्रहरीले जनाएको छ ।

उद्योगमा आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करिब दुई घण्टा लगाएर आ’गो नियन्त्रणमा लिएको सञ्चालक राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार