खोटेहाङमा अध्यक्ष कप अन्तर वडास्तरिय भलिबल प्रतियोगीता सम्पन्न

  हिमाल समाचार
0 Shares

खोटाङ- खोटेहाङ गाउँपालिका खोटाङमा आयोजित चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीता सम्पन्न भएको छ ।

गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको सर्वाधिक राशीको चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष भलिबल प्रतियोगीताको पहिलो उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ ले चुमेको छ ।

भोजपुरकै आमचोक गाउँपालिका दोश्रो भएका छन् । यस्तै, खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ सेमीफाइनलिष्ट बनेको छ ।

महिलातर्फको भलिबल प्रतियोगीतामा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ प्रथम, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी दोश्रो भएका छन् भने भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ र खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले सेमीफाइनलिष्ट बनेको छ ।

भगवती दिनानाथ मावि खोटाङबजारको प्रांगणमा बैसाख १२ गतेदेखि सुरु प्रतियोगीता बुधबार सम्पन्न भएको हो ।

पुरुष तथा महिला भलिबल प्रतियोगीतामा प्रथम, दोश्रो तथा दुई वटा सेमीफाइनलिष्ट टिमलाई छुट्टाछुट्टै क्रमशः १ लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार