नेचासल्यान ३ मा सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गरिने

  हिमाल समाचार
168 Shares

सोलुुखुम्बु- नेचासल्यान गाउँपालिका ३ मा सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने तयारी गरिएकोे छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता कोरोना महामारीका कारण बैँकमा भिडभाड हुने भएकाले बैँककै कर्मचारी परिचालन गरि साविकको वडामा नै पुगेर भत्ता प्रदान गर्ने वडाध्यक्ष तथा पालिका प्रबक्ता धर्मध्वज खत्रिले जानकारी दिए ।

वडामा ३४९ जना सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा छन् । जसमा जेष्ठ नागरिक २३०, जेष्ठ नागरिक दलित, ३६, जेष्ठ नागरिक एकल महिला ३४, एकल महिला २६, पुर्ण अपांग ८ र अतिअशक्त अपांग २५ जना रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार