कान्छीमायाको कर्म : दियालो बेचेर जीविका

  दिपेन्द्र पराजुली
63 Shares

सोलुखुम्बु – कुनै समय थियो, दियालो उज्यालोको रुपमा प्रयोग गरिन्थ्यो । समय फेरबदल संगै अहिले दियालो सजिलैसंग आगो सल्काउन प्रयोग गरिन्छ ।

सोलुखुम्बु कतिपय महिलाहरु दियालो बेचेरै जीविका चलाउछन् । भालुको जोखिम मोलेर जंगलबाट संकलन गरेर ल्याएको दियालो स्थानीय हाट बजारमा विक्रि गर्छन् । त्यसबाट भएको आम्दानीले घर खर्च चलाउछन् ।

त्यसमध्येकी एक हुन्, सोलुखुम्बु जैदुकी कान्छी माया तामाङ । सल्लाको दियालो विक्रि गरेर खर्च धानिरहेकी छिन् । सल्लेरी हाट बजारमा भेटिएकी कान्छीमाया ग्राहकसंग हाँसेरै बोल्छिन् ।

एक मुठाको ५० रुपैँयामा दियालो विक्रि गर्ने कान्छीमायाले निकै जोखिम मोलेर दियालो संकलन गर्नुपर्ने बताउछिन् । ‘सुकेका रुखबाट दियालो संकलन गछौँ । भालुको निकै डर हुन्छ । निकै जोखिम मोल्नुपर्छ ।’

परिवारमा ३ जना रहेको उनले दियालो संगै धुपी र साग पनि विक्रिका लागि ल्याउछन् । जम्मा भएको रकमले बजारबाट घरायासी सामाग्री खरिद गरेर फर्किन्छिन् । उनी भन्छिन्, ‘जीवन धान्नका लागि केही न केही त गर्ने प¥यो । नत्र, गाह्रो छ ।’

अविवाहित कान्छीमायाले बृद्ध बाबाआमाको हेरचाह गर्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार