सोलुमा एक कोरोना संक्रमितको मृत्यू भएको दाबी

  हिमाल समाचार
1.5k Shares

सोलुुखुम्बु – सोलुखुम्बुमा कोरोनाका कारण एक विरामीको मृत्यु भएको दाबी गरिएको छ ।

पाँचथर घर भई सोलुखुम्बुमा ग्यारेज सञ्चालन गरि बस्दै आएका बर्ष ३८ मिलन राईको उपचारका लागि झापा लैजादै गर्दा बाटैमा मृत्यू भएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले बताईन् ।

‘विरामीमा कोरोनाको लक्षण थियो । भेण्टिलेटर आवश्यकता परेकाले केही दिन अघि नै रेफर गरिएको थियो ।’ उनले भनिन् । कोरोनाकै कारण मृत्यू भएको उनको दाबी छ ।

स्रोतका अनुसार भेण्टिलेटर अभावमा परिवार अलमलमा परेको र उपचारका लागि झापा लैजादै गर्दा बाटैमा मृत्यू भएको हो । मृतक राई विरामी परेपछि ६ दिन घरमै बसेका थिए । अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना भएको बुझिएको छ ।

मृतकको स्वाब पिसिआरको लागि संकलन गरिएको भएपनि रिर्पोट नआउदा कोरोनाकै कारण मृत्यू भएको पुष्टि हुन नसकेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार