कोरोना संक्रमणबाट चिकित्सकको मृ’त्यु

  हिमाल समाचार
182 Shares

काठमाडाैँ- सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृ’त्यु भएको छ ।

लहान नगरपालिका वडा-६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।
उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए ।

३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार