एमाले कार्यदलको पहिलो बैठक ३ बजे

  हिमाल समाचार
56 Shares

काठमाडौं- एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक अहिले दिउँसो ३ बजे बस्दैछ ।

बैठकमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाउदै लैजाने भन्ने विषयमा छलफल केन्द्रीत रहने कार्यदलका संयोजक एवम् एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
नेताहरूबीचमा दिउँसो पार्टी एकताबद्ध सम्बन्धमा छलफल गर्न पहिलो पटक औपचारिक बैठक बस्न लागेको हो ।

पछिल्लो समय जेठ २ गते प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा सिहह्दरबारस्थित भएको भेटवार्तामा पार्टी अध्यक्ष ओली र नेता नेपाल पक्षका ५–५ जना सदस्यहरु कार्यदलमा छन् ।

जसमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल छन भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार