इन्जिनियरको ध्यान कृषिमा

  शिखर गजरकोटे  706 पटक हेरिएको

इन्जिनियर – धर्मराज पोखरेल
धर्मराज पोखरेल, पेशाले इन्जिनियर । काठमाण्डौमा विजय इन्जिनियरिङ कन्सल्टेन्सी चलाउछन् । शोखको हिसावले गायनमा पनि उत्तिकै सक्रिय छन् भने सामाजिक सेवामा पनि औधि रुची राख्छन् । राजनिति पनि गर्छन् । उनी नेपाली कांग्रेस खोटाङका उपसभापति हुन् ।

खोटाङको विजयखर्क (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५)मा जन्मेका उनी र उनको परिवार अहिले काठमाण्डौँमा बसोबास गर्छन् । तर खोटाङ आउने जाने बाक्लो गर्छन् । कहिले पार्टीको कार्यक्रममा त, कहिले कृषि कर्मको लागि ।

गाउँमा एउटा घर (उनकै शब्द सापटी लिने हो भने कुटुरी)एक बर्ष अघि निर्माण गरेका धर्मराज अहिले गाउँ गइरहन्छन् । आम्दानीको स्रोत बनाउन व्यस्त छन् । विजय अर्गानिक भिलेज प्रा.लि.को माध्यमबाट विजयखर्कमा व्यवसायीक कृषि शुरु गरेका छन् ।

उनी भन्छन्, ‘कृषिबाट पनि कमाउन सकिन्छ भन्ने सन्देश दिनु छ । आफू राजनितिज्ञ पनि भएकाले बोली मात्र होईन्, व्यवहारमै कृषिमा गरेर देखाउने योजना छ ।’ बाख्रा र बंगुरपालन थालेका उनले कागति र सुन्तला पनि रोपेका छन् । व्यवस्थित खोर बनाएर उन्नत जातको बाख्रा र बंगुरको पाठापाठी ल्याएर पाल्न थालेका उनले बाख्रा र बंगुरपालनको संख्या एक एक हजार पु¥याउने उनको लक्ष्य छ ।

‘कृषि प्रधान देश भनेर कृषि क्रान्तिको नारा लगाएको धेरै दशक विते तर कृषिमा उल्लेख्य प्रगति हुन सकेन् । पैसावालहरु कृषिमा लगानी गर्न हिच्किचाउछन् । पढेलेखेका कृषि व्यवसाय अंगाल्न पछि हट्छन् । नेताहरु बोल्छन्, गर्दैनन् । सरकारले नारा दिन्छ, सोही अनुसारको कार्यक्रम ल्याउदैन् ।’ हिमाल एफ.एम.संगको कुराकानीमा धर्मराजले भने, ‘भोलि ईन्जिनियरिङ पेशा सेलायो वा पुर्णकालिन राजनितिमा होमिए भनेपनि कृषिलाई आम्दानीको दरिलो स्रोत बनाउने सोच अनुसार लगानी बढाएको हूँ ।’

‘कृषि प्रधान देश भनेर कृषि क्रान्तिको नारा लगाएको धेरै दशक विते तर कृषिमा उल्लेख्य प्रगति हुन सकेन् । पैसावालहरु कृषिमा लगानी गर्न हिच्किचाउछन् । पढेलेखेका कृषि व्यवसाय अंगाल्न पछि हट्छन् । नेताहरु बोल्छन्, गर्दैनन् ।


सरकारले नारा दिन्छ, सोही अनुसारको कार्यक्रम ल्याउदैन् ।’ हिमाल एफ.एम.संगको कुराकानीमा धर्मराजले भने, ‘भोलि ईन्जिनियरिङ पेशा सेलायो वा पुर्णकालिन राजनितिमा होमिए भनेपनि कृषिलाई आम्दानीको दरिलो स्रोत बनाउने सोच अनुसार लगानी बढाएको हूँ ।’

स्थानीयलाई रोजगारी दिन र सीपयूक्त बनाउन दिर्घकालिन भिजन सहित अघि बढेको पोखरेलको दाबी छ । ‘भोलि गाउँका यूवाहरुलाई सीपयूक्त बनाउने द्येयले तालिम र अवसर दुवै दिने योजनामा छु ।’ उनले भने । आफ्नो कर्मले छिमेकी यूवाहरुले पनि गाउँमै कृषि गर्ने सपना बुनन् भन्ने उनको द्येय छ ।

बाह्मण भएपनि बंगुर पाल्ने त ? भन्ने प्रश्नमा उनले उत्पादनमूलक तथा सीपमूलक व्यवसाय जातले हैन् हातले गर्नुपर्ने बताउछन् । जातअनुसारको काम गर्नुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्कन सकेमात्र व्यक्ति र समाजको विकास हुने उनी बताउछन् । ‘गरे हुदो रहेछ भन्ने सन्देश दिनु छ । जातकै कारण रोकिनु हुदैन् । समाज परिर्वतनमा होमिएका हामीहरु यस्ता कुरामा अल्झिन थाल्यौ भने समाजको उन्नती कहिले हुने ?’ उनले भने ।

व्यवसायीक कृषिको सवालमा उनी उत्पादक, उत्पादन र उपभोक्ता बिचको संयोजन आवश्यक ठान्छन् । उनी भन्छन्, ‘उत्पादकले सिधैँ बजार हेरेर भन्दा उत्पादनमा फोकस हुनुपर्छ । अनि, उत्पादनले बजार खोज्नुपर्छ । बजारको माग अनुसारको भोलुम र गुणस्तरमा उत्पादन दिन सक्ने हो भने प्रशस्त संभावना छ । अहिले पनि अधिकांश कृषक निर्वाहमूखि कृषिमै अलमलिएका छन् । पढेलेखेकाले व्यवसायीक कृषि थालेपनि बजारको माग र परिणाम कम हुदा बजारसम्म ढुवानीमा समस्या देखिएको छ । जुन कुरा उत्पादकले बेलैमा बुझ्नुपर्छ ।’

कुराकानीको क्रममा पोखरेलले गाउँको उत्पादनलाई व्यवस्थित प्याकेजिङ र ढुवानीको माध्यम शहरसम्म लैजाने योजना समेत सुनाए । ‘गाउँका कुरा शहरमा हारालुछ हुन्छ । तर धेरैको ध्यान पुगेको छैन् । अर्गानिक उत्पादन घरैमा पु¥याएपछि उपभोक्ता खुसी पनि, सजिलो पनि ।’ पढेलेखेका र पुँजीपतिहरु कृषिको व्यवसायीक उत्पादनमा अग्रसर हुनुपर्छ भन्ने उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार