सोलुखुम्बुमा निषेधाज्ञा एक हप्ता थपियो, मोडालिटि परिर्वतन

  हिमाल समाचार
3.2k Shares

सोलुुखम्बु – निषेधाज्ञा एक हप्ता थपिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको डिसिसिएमसिको बठैकले सोलुखुम्बुमा एक हप्ता निषेधाज्ञा लम्ब्याउने निणर्य गरिएको हो ।

अब निषेधाज्ञा समयअवभिर बैंक तथा वित्तिय संस्था खुल्ने, विकासे योजना कार्यान्वयन र भुक्तानीको वातावरण सहज बनाउने बताईएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कुरालाई प्राथमिकता दिएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए । मानविय चहलपहल बढि हुने क्षेत्र बन्द रहने छ । बजारमा स्थानिय उपजबाहेक अरु बेच्न पाईने छैन ।

तरकारी तथा मासुजन्य पसल खुला रहनेछन् । निषेधाज्ञाबारे अझै थप विवरण आउँन बाँकि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार