नेचासल्यानका विद्यालयलाई स्मार्ट टिभी देखि गिलाससम्म

  हिमाल समाचार
630 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ वडा कार्यालयले विद्यालयलाई स्मार्ट टिभी देखि गिलाससम्म वितरण गरेको छ । चालु आर्थिक वर्षको सामाजिक विकास कार्यक्रम अन्तरगतको २ लाख बजेटबाट वडास्तरिय बाल सञ्जाल मार्फत खरिद गरिएको सामाग्री वडाका सबै विद्यालयलाई वितरण गरिएको हो ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि हिमाल दर्शन माविलाई एक थान स्मार्ट टिभी, कालिका आविलाई एक थान ल्यापटप, सहिद नरनाथ आविलाई साउण्ड सिस्टम एक थान र पेनड्राइप एक थान, कुन्तादेवि आविलाई साउण्ड सिस्टम एक र ह्वाईट बोर्ड एक थान, जनजागृती आविलाई साउण्ड सिस्टम एक थान र पेनड्राइप एक थान, आदर्शमिलन आविलाई साउण्ड सिस्टम एक थान र ह्वाईट बोर्ड एक थान, सिहंदेबी सामुदायिक बाल बिकास केन्द्रलाई ह्वाईट बोर्ड एक थान, कित्ली एक थान, चार्ट बोर्ड ६ थान, चिल्ड्रेन बोर्ड एक थान, र गिलास १४ थान वितरण गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष धर्मध्वज खत्री, प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्याल र बाल संजालका अध्यक्ष पवन बास्तोला लगायतको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार