थुलुङ दुधकोशीको बजेट : सुकुम्बासीलाई घडेरी, शहिद तथा वेपत्ता परिवारलाई मासिक भत्ता

माझि समुदायका विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहन भत्ता

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको छैठौँ गाउँ सभाबाट ४६ करोड, ६२ लाख १६ हजार ७ सय रुपैँयाको बार्षिक बजेट पारित गरेको छ ।

भूमिहिन किसान तथा सुकुम्बासीलाई घडेरी उपलब्ध गराएर सुकुम्बासीरहित गाउँपालिका बनाउन जग्गा खरिदका लागि यथोचित बजेट विनियोजन गरिएको छ । द्धन्द्ध पिडित शहिद तथा वेपत्ता परिवारलाई मासिक जीवन निर्वाह भत्ता दुई हजार, माझि समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनको निम्ति शैक्षिक प्रोत्साहन भत्ताको रुपमा बार्षिक ५ हजार उपलब्ध गराउने गरि बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

कोरोना भाईरसबाट आक्रान्त नागरिकहरुको लागि संक्रमण, रोकथाम, उद्दार, उपचार तथा राहत वितरणका लागि बजेटको व्यवस्था गरिएको छ भने माग भै आएका आर्थिक, सामाजिक विकास तथा रोजगारी सृजना हुने किसिमका आयोजनाहरुलाई समानुपातिक वितरणको सिद्दान्त अनुरुप बजेटको व्यवस्था गरिएको अध्यक्ष राईले प्रष्ट पारेका छन् ।

त्यस्तै, बार्षिक बजेटमा गाउँपालिकाले शुरु गरेका गौरवका आयोजनाहरु दुधकोसी सामुदायिक अस्पताल, थुलुङ दुधकोसी वहुप्राविधिक शिक्षालय, खेलग्राम लगायतका ठुला योजना निर्माण सम्पन्न तथा संचालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार