ताप्ली गाउँपालिकाको बजेट : ३३ करोड ५० लाख ५७ हजार

  हिमाल समाचार
588 Shares

उदयपुर – उदयपुरको ताप्ली गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३३ करोड ५० लाख ५७ हजार ६० रुपैँयाको बजेट ल्याएको छ ।

आज बसेको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कमलमाया राईले शसर्त, समपुरक र अनुदान तर्फको १८ करोड ३९ लाख, चालु तर्फ ४ करोड, पुँजीगत तर्फ २९ करोड ५० लाख गरि ३३ करोड पचास लाख ५७ हजार ६० रुपैँया को बार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

सभामा गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रम सभाले सर्बसहमत रुपमा पारित गरेको संवाददाता ठबिन्द्र मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार