अभय ढुंगेलको ‘मा¥यो मा¥यो’ सार्वजनिक (भिडियो)

  हिमाल समाचार
168 Shares

काठमाण्डौँ – लामो समय देखि अमेरिकामा बस्दै आएका सर्जक तथा गायक अभय ढुंगेलले ‘मा¥यो मा¥यो’ सार्वजनिक गरेका छन् ।

अभयकै गीत, संगीत रहेको गीतमा उनलाई स्वरमा रेश्मा सुनुवारले साथ दिएकी छिन् । गीतको संयोजन बाबु प्रधानले गरेका हुन् भने रेकर्डिङ अमेरिकाको रोवर्ट स्टुडियो, न्यूयोर्कमा गरिएको हो ।

शंकर विसीको निर्देशनमा तयार भएको गीतको भिडियो नेपालमा खिचिएको हो । दृष्य कैदको काम दुर्गा पौडेलले गरेका छन् । नविन घर्ती मगरले सम्पादन गरेको भिडियोमा शंकर विसी र कविता न्यौपानेले स्कृन शेयर गरेका छन् ।

अभय ढुंगेल ओखलढुंगामा जन्मेका हुन् । उनले यो गीतमा ओखलढुंगाको पेरिफेरीलाई प्रेमसंग जोडेर प्रस्तुत गरिएको छ । भिडियोलाई आट्र्रिष्ट नेपाल यूटुप्व च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार