पाँच गायक गायिका भन्छन्, ‘देश लुटेर खानी !’ (भिडियो)

  हिमाल समाचार
119 Shares

काठमाण्डौँ – पाँच लोक कलाकारले मूलुक भित्रको वेतिथी माथि टेकेर नेताहरुसंग रुष्टता व्यक्त गरेका छन् । जस्को तारतम्य गीतकार यान प्रसाद निउरेले मिलाएका हुन् ।

देश कोरोनाको महामारीमा फसेको बेलापनि सत्ता हत्याउने र टिकाउने खेलमा मात्र नेता देखिएपछि सर्जक निउरेले गीत लेखे । त्यसमा सागर विरहीले संगीत भरर स्वर भर्ने वातावरण मिलाए ।

‘देश लुटेर खानी’कोलको गीतमा पशुपति शर्मा, रमेशराज भट्टराई, सागर विरही, सुनिता बुढा क्षेत्री र संगीत गैरेले स्वर दिएका छन् । संगीत संयोजन समेत गरेका विरहीले भिडियोको निर्देशन समेत गरेका छन् । भिडियोलाई एञ्जल म्यूजिकबाट सार्वजनिक गरिएको छ ।

गीतमा जनताको मत माथि टेकेर व्यक्तिगत स्वार्थमा लिप्त भएका नेताहरुमा रुष्टता पोखिएको छ । सुन तस्करी, बलत्कार, महिला हिंसा, सामाजिक अपराध, नेता केन्द्रीत स्वार्थ, भष्ट्राचार लगायतका विषयलाई पनि गीतमा उठान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार